राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचितकाे राजीनामा माग

  हिमाल समाचार
77 Shares

काठमाडाै– नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका पत्रकारलाई राजीनामा दिन भनेको छ । पत्रकार महासंघका सचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै नैतिकताको आधारमा राजीनामा दिन भनेका हुन् ।
अहिले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् ।
पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार