गौतम सागर राईको ‘परदेशीको याद’ सार्वजनिक (भिडियो)

  हिमाल समाचार
2.5k Shares

काठमाण्डौँ – गीतकार तथा संगीतकार गौतम सागर राईले ‘परदेशीको याद’बोलको गीत सार्वजनिक गरेका छन् । राई ६ बर्ष देखि अमेरिकाको कोलोराडोबाट गीत, संगीत, साहित्य र पत्रकारितामा सक्रिय छन् । करिब ३ दर्जन गीतमा संगीत र स्वर दिएका उनले केही बर्षको अन्तरालमा ‘परदेशीको याद’बजारमा ल्याएका हुन् ।

गीत, संगीत राई आफैँले गरेका छन् । स्वर सुरक्षा सेन्चुरीले दिएकी छिन् । गायिका सेन्चुरी भ्वाइज अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी हुन् ।

गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतका रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन् ।

गीतमा परदेशीको यादहरुमा तड्पिएर घरदेशीमा रहेकी प्रेमिकाको विलौना भेटिन्छ । गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो लिंक यहाँ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार